२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर बिक्री खुला,कती दिने आबेदन

अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर बिक्री खुला,कती दिने आबेदन

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयरको मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लेसमायोजन गरेको छ । सोमवार नेप्सेले ५० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य २४२ रुपैयाँ तोकेको छ । कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य ३१३ रुपैयाँ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन २५ गते स्वीकृति पाएको थियो ।हाल कम्पनीको चुक्तापूँजी ९९ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि उक्त पूँजी १ अर्ब ५२ करोड २४ लाखभन्दा बढी पुग्नेछ ।

यो पनि पढ्नुहोस् आज मंगलबार शेयर बजार खुलेको केही समयमा नै महिला लघुवित्तको कारोबार भएको छ ।महिला लघुवित्तको २० कित्ता शेयर कारोबार भएको नेप्सेको फ्लोरसिटमा देख्न सकिन्छ ।योसँगै महिला लघुवित्तको शेयर मूल्य १८ अंकले बढ्दै ४८१ पुगेको छ । हिजो कुनै कारोबार नहुँदा यो कम्पनीको मूल्य ओरालो लागेको थियो । अझैपनि नेप्सेको हाइ डिमाण्ड लिस्टमा महिला लघुवित्तको शेयर नै रहेको छ । २० कित्ता कारोबार भएपनि त्यसपछि बेच्न चाहने लगानीकर्ता एकजना पनि देखिएका छैनन् ।

यो पनि पढ्नुहोस् नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेको छ । आज नेप्से २५२८ अंकमा पुगेर बजार बन्द भएको छ । आज साल्ट ट्रेडिङको कम्पनीको मूल्य १० प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने ७ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । चन्द्रागिरि हिल्स, रसुवागढी जलविद्युत, कालिका पावर, सान्जेन, वमी माइक्रोफाइनान्स, माथिल्लो तामाकोसी, रैराङ हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सबैभन्दा बढी पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ४ प्रतिशतले घटेको छ । आज ५ अर्ब १४ करोड रुपैयाँको बराबरको शेयर कारोबार भएको छ । जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। कम्पनीको मूल्य ५४० रुपैयाँ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार