गृहपृष्ठ मायादेवी आधारभूत विद्यालयकाे नयाँ भवन उद्घाटन
मायादेवी आधारभूत विद्यालयकाे नयाँ भवन उद्घाटन
बुटवल ११ न्यू दुर्गा नगरमा अबस्थित मायादेवी आधारभूत विद्यालयको तीन कोठे नयाँ भवन शिलान्यास भएको छ । लुम्बिनी प्रदेशका उद्योग तथा प्रयटन मन्त्री लिला गिरीले उक्त भवनको शिलान्यास गर्नु भएको हो । उद्घाटन गर्दै मन्त्री गिरीले बुटवल भित्रको विद्यालय भएर पनि भौतिक सुधार खासै हुन नसकेको भए पनि अबका दिनमा विद्यालयले थप नयाँ रुपमा परिवर्तन गर्नु पर्ने बेला आएको भन्दै विद्यालय सुधारका लागि प्रदेश सरकार र आफु जहिले पनि साथमा रहने प्रतिवध्दता जाहेर गर्नु भएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका ११ का वडा सदस्य तथा बुटवल उपमहानगरपालिका शिक्षा समिति सदस्य नहकुल शाही ठकुरी,बाबुराम पन्थी,दिनानाथ भट्टराई र मेघराज घिमिरे बोल्नु भएको थियो भने कार्यक्रम संचालन विद्यालयका प्रधानाध्यापक माधव लोहनीले गर्नु भएको थियो ।
मायादेवी आधारभुत विद्यालय प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति र स्थानीय व्यक्तिहरुका सकृयताका कारण विगत केही वर्षदेखी यता भौतिक तथा शैक्षिक रुपमा परिवर्तन हुँदै आएको विद्यालय हो ।






