२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्नका लागि तोक्यो बिक्री प्रबन्धक

सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्नका लागि तोक्यो बिक्री प्रबन्धक

सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।
कम्पनीले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
त्यस्तै, कम्पनीले सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको छ । जसमध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता छुट्याइएको छ ।
आईपीओको अंकित मूल्य रू। १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा सेयरमूल्य तय हुने कम्पनीले जनाएको छ । कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता रू। ७५० भन्दा बढी मूल्य कायम हुने जनाएको छ । हाल रू। ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ निष्कासन पश्चात रू। ४ अर्ब पुग्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार