२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५:३० बजे सुरु हुनेछ ।


आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।  दुबै टिमले उपाधिका लागि खेल्ने बताईसकेका छन् । त्यसैले फाइनल खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए ।

फाइनल अघि आइतबार भएको प्रि-म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले भने, ‘हामीले दुई खेल खेल्यौं ।  प्रदर्शन राम्रै गरेका छन् । सोचेअनुसार खेलेका छौँ । तर, गोल गरिरहेका छैनौँ,’ महर्जनले भने, ‘हाम्रो मुख्य लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नु हुनेछ ।’

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए  ।

यस्तै महर्जनले फाइनलमा टिममा केहि परिवर्तन हुने समेत बताए । ‘फाइनलमा सुरुवाती-११ मा केही परिवर्तन हुन सक्छ । त्यसका लागि हेर्दैछु,’ उनले भने ।

नेपाली टिमका कप्तान किरण चेम्जोङले उपाधि दिलाउन आफु उत्सुक रहेको बताए ।

‘सबै कप्तानलाई आफ्नो कप्तानीमा उपाधि जित्दा सुखी लाग्छ । आफ्नो कप्तानीमा उपाधि दिलाउन म पनि उत्सुक छु,’ उनले भने ।

 

बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने दाबी गर्छन ।

‘यस खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । घरेलु टोलिलाई दर्शकको समर्थन छ । हामी फाइनलमा पुग्यो यो नै ठुलो विषय हो,’ उनले भने ।

बंगलादेशका कप्तान जमल भुयाले टिमलाई उपाधि जित्नका लागि सुनौलो मौका रहेको बताए ।

‘हामीलाई उपाधि जित्न यो सुन्दर अवसर हो । हामीसँग राम्रा खेलाडी छन् । अनुभवी खेलाडी पनि छन्,’ उनले भने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार