२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाए

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को पहलमा खेलाडीले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

ओम अस्पतालमा २० खेलाडी र १ फिजियो गरि २१ जनाले खोप लगाएका हुन् ।

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको तयारी गरिरहेको नेपाली टिमले खोप लगाएका हुन् ।

No description available.

नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ ।

सिरिज बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार