२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

पोखरा । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।

अफ्रिकनलाई जित दिलाउन बासेक र मौसाले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकनलाई अग्रता दिलाएका थिए ।

 

त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २-० को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच मौसा चुनिए ।

पहिलो पटक सहभागिता जनाएको अफ्रिकन पहिलो पटक फाइनल पुगेको हो ।

सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

अब उपाधिका लागि अफ्रिकनले संकटा क्लबसँग खेल्नेछ ।

संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार