२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ बजार घट्दा पनि यी कम्पनीको सर्वाधिक कारोबार

बजार घट्दा पनि यी कम्पनीको सर्वाधिक कारोबार

साताको पहिलो दिन आज (आइतबार) सेयर बजार राताम्य देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ मा पुगेको छ । नेप्से २.८६ प्रतिशतले घटेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक १२.५६ अंकले घटेर ४६४.०५ मा पुगेको छ । सेयर बजारमा भारी गिरावट आउँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वाधिक कारोबार गरेको छ । बैंकले ३९ करोड ५२ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ  ।

त्यसैगरी, ज्योति लाइफ इन्स्योरेन्स, अप्पर तामाकोशी हाइड्रोपावर, नबिल बैंक लिमिटेड, एनआईसी एशिया बैंक, कुमारी बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषले सबैभन्दा बढी कारोबार गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार