गृहपृष्ठ कोभिड नेपालः २४ घण्टाको अवधिमा हालसम्मकै धेरै सङ्क्रमण पुष्टि
कोभिड नेपालः २४ घण्टाको अवधिमा हालसम्मकै धेरै सङ्क्रमण पुष्टि
विगत २४ घण्टाको अवधिमा नेपालमा थप ५,७६३ जनालाई सङ्क्रमण र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
शनिवार १४,९६९ जनामा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
शुक्रवार ५,६५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३३ जनाको मृत्यु भएको थियो।
“सक्रिय-सङ्क्रमित” सक्रिय सङ्क्रमित मन्त्रालयका अनुसार अहिले देशभरि ४३,२१३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो।
गत २४ घण्टाको अवधिमा १,२८७ जना निको भई घर फर्केको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शनिवारसम्म देशभरि ४०१ जना आईसीयूमा र ११० जना भेन्टिलेटरमा छन्।
त्यसैगरी देशभरि होम आइसोलेशनमा ४०,१०३ जना छन भने संस्थागत आइसोलेशनमा ३,११० रहेको स्वास्थ्य मन्त्रालले जनाएको छ।
पछिल्लो समय नयाँ भेरिअन्ट देखिएसँगै सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको अधिकारीहरूले बताएका छन्।





