२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ विप्लवको पार्टी फुट्यो, धमला नेतृत्वमा नयाँ पार्टी गठन

विप्लवको पार्टी फुट्यो, धमला नेतृत्वमा नयाँ पार्टी गठन

विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताउँदै नेकपाका पूर्व वरिष्ठ पोलिट्ब्यूरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा नेकपाको बिप्लव समूह दई भागमा विभाजित भएको छ ।

पार्टी भित्रको एउटा समूहले शनिबार एक विज्ञप्ति मार्फत नयाँ पार्टीको घोषणा गरेको हो । नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र त्यही बिषयलाईलिएर अन्तरविरोध तथा विवाद रहँदै आएको बताइएको छ ।

‘विज्ञप्तिमा भनिएको छ, आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रबृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तब्यसम्म पुग्न नसक्नु विडम्वना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । ‘

तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ’ विज्ञप्तिमा भनिएको छ ।

मञ्चले आफुलाई कार्यदिशा वैज्ञानिक समाजवादी बताएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य,केहि जिल्ला इन्चार्ज तथा सेक्रेटरीहरुका साथै मजदूर, विद्यार्थीआदि ठुलो संख्यामा रहेको दाबि गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार