गृहपृष्ठ निषेधाज्ञाभन्दा रोगको त्रास सुनसान बन्दै सडक (फोटो फिचर)
निषेधाज्ञाभन्दा रोगको त्रास सुनसान बन्दै सडक (फोटो फिचर)
कोभिड–१९ संक्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न बिहीबारदेखि १५ दिनसम्मका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको प्रभाव बुटवलमा परेको छ । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा आज तेस्रो दिन सडक सुनसान देखिएका छन् । मानिसहरूको आवतजावत र जमघट हुन नदिन सहरका मुख्य सडकमा सुरक्षाकर्मीको उपस्थिति छ ।
ईरिक्सा, रिक्सा र सामान्य हिँडडुलसमेत ठाउँ ठाउमा रोकिएको प्रहरीले जनाएको छ ।सुरक्षाकर्मीका प्रयासका बाबजुद बुटवलका भित्रि सडकमा भने केही ईरिक्सा तथा रिक्साहरू यात्रु बोकेर हुँइकिरहेका छन् । ती बाहेक दुध, तरकारी तथा औषधी पसलहरू सञ्चालन भइरहेका छन् । परिचय पत्र बोकेका अत्यवश्यक कामदारलाई भने आवतजावतमा नरोकिएको प्रहरीले जनाएको छ ।
गत चैत ११ गतेदेखि रुपन्देही लगायत देशैभर पहिलोपटक ‘लकडाउन’ गरिएको थियो । दोस्रो पटक संक्रमण बढ्दै गएपछि रुपन्देहीमा जिल्ला प्रशासनले बैशाख ३० गते विहान ६ बजेसम्मका लागि फेरि निषेधाज्ञा जारी गरेको छ । यसअघि कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले निर्णय गर्दै पाँच सयभन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लाहरूमा प्रशासन आफैले निषेधाज्ञा जारी गर्न सक्ने बताएको थियो ।






