२०८३ साउन ११ गते सोमवार | July 27, 2026

गृहपृष्ठ आईपीएल – कोलकत्ताका खेलाडीमा कोरोना संक्रमण , बैंगलोर र कोलकत्ताबीचको खेल स्थगित

आईपीएल – कोलकत्ताका खेलाडीमा कोरोना संक्रमण , बैंगलोर र कोलकत्ताबीचको खेल स्थगित

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत कोलकत्ता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ ।

कोरोना भाईरसको कारण अहमदाबादमा आज राति तय भएको कोलकत्ता र बैंगलोरबीचको खेल स्थगित गरिएको हो ।

कोलकत्ता र बैंगलोरबीचको खेल राति ७:४५ बजे सुरु हुने तालिका रहेको थियो ।

तर, कोलकत्ताका खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो ।

कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको बताईएको छ  ।

कोलकत्ता ७ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

बैंगलोर ७ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार