गृहपृष्ठ नेपाली राष्ट्रिय क्रिकेट टिमलाई त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि जिताउने प्रशिक्षक स्वदेश फर्किए
नेपाली राष्ट्रिय क्रिकेट टिमलाई त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि जिताउने प्रशिक्षक स्वदेश फर्किए
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर केहि समयका लागि स्वदेश फर्किएका छन । गत जनवरीमा नेपाल आएका ह्वाटमोर नेपालमा लकडाउन भएपछि श्रीलंका फर्किएका छन ।
नेपालमा कोरोनाका कारण लकडाउन भएपछि फुर्सदिला बनेका ह्वाटमोरलाई नेपाल क्रिकेट संघले श्रीलंका जाने ब्यवस्था मिलाएको हो ।
नेपालमा लकडाउनको समय लम्बिने संभावना रहेको र क्रिकेटका गतिविधी यो समयमा बन्द भएकाले पनि क्यानले उनलाई श्रीलंकाका लागि ब्यवस्था मिलाएको हो ।
श्रीलंकामा पनि बसोबास गर्ने ह्वाटमोरलाई अब नेपाल क्रिकेट संघ क्यानले बोलाएपछि मात्र नेपाल आउनेछन ।





