२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ खतरा बढेपछि पुनः नियम परिबर्तन गर्दै प्रशासन, अब सवारीसाधनलाइ पास नदिने, लकडाउनलाइ थप कडा बनाउदै

खतरा बढेपछि पुनः नियम परिबर्तन गर्दै प्रशासन, अब सवारीसाधनलाइ पास नदिने, लकडाउनलाइ थप कडा बनाउदै

निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडकचोक तथा सुरक्षा चेकजाँच स्थलमा ‘ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् ।कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो ।

आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । अत्यावश्यक कामका लागि सवारी पास लिएकाभन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको सङ्ख्या करिब दुई हजार पुगेको छ ।

सोमबार बिहानदेखि साँझसम्म दुई हजार ६३ वटा सवारी नियन्त्रणमा लिइएको छ । तीमध्ये दुईपाङ्ग्रे एक हजार ४९३ छन् । कार–जिपहरू ४५०, मिनीबस र मिनी ट्रकलगायतका सवारी १२० छन् । दुई सय सर्वसाधारण बटुवालाई होल्डमा राखी सम्झाइबुझाई गरी गन्तव्य फर्काइएको छ । काठमाडौँ उपत्यकाको चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोडगेट, केशरमहल र कलङ्कीलगायतका क्षेत्रमा बिहानको समयमा ट्राफिक जाम हुने गरेको छ । जामका कारण सुरक्षाकर्मीलाई समेत अत्यावश्यक सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनकराज दाहालले अत्यावश्यकबाहेकका सवारीसाधनलाई समेत सञ्चालन गर्न दिँदा समस्या आएको बताउनुभयो । बैङ्क तथा वित्तीय संस्था, विवाह, अस्पताल, खाद्य र तरकारी बोक्ने नाममा धेरै गाडी गुड्ने गरेका छन् । यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा अत्यावश्यकबाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताउनुभयो । यही १६ गतेबाट जारी एक हप्ता लामो निषेधाज्ञा २२ गते राति १२ बजेपछि पुनः थप गरी वैशाख मसान्तसम्म पु¥याइने भएको छ । “निषेधाज्ञा एक साता लम्ब्याएर मात्र भएन । थप व्यवस्थित र कडाइ गर्ने विषयमा पनि निर्णय हुनेछ,” उहाँले भन्नुभयो ।

त्यस्तै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागिबाहेक अन्यका लागि सवारी पासको व्यवस्था हटाइएको जानकारी दिनुभयो । अत्यावश्यक काम परेमा प्रहरी कन्ट्रोल १०० र ट्राफिक प्रहरी कन्ट्रोल १०३ को व्यवस्था गरिएको छ । गोरखापत्रमा यो खबर छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार