२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड

सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड बढेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने भएको छ। संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान नियमिति थियो। आन्तरिक तर्फको सम्पूर्ण उडान आज(२१ गते) बाट तोकिएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ गतेबाट रोकिदैछ। अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भीड विमानस्थलमा बढेको छ। आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन्।

कोरोनाको संक्रमण झन् बढ्दै गएपछि सरकारले आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी पनि गरेको छ। १६ गतेदेखि एक हप्ताको लागि जारी भएको काठमाडौंको निषेधाज्ञा पुनः एक हप्ता थपिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार