२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ गाँउ घरको हरियाली, बसाई : मकै छर्नेको चटारो,मौसमले कृषकमा छायो खुसी

गाँउ घरको हरियाली, बसाई : मकै छर्नेको चटारो,मौसमले कृषकमा छायो खुसी

कृषकहरु खास गरी कृषीमा रमाउने गर्छन्।यसै त गाँउ घरको जिवन सरल र आनन्द हुन्छ। नत गर्मी न जाडो ठाउँ ठाउँमा खुलेको फरक मौसमले गर्दा कृषकहरु निकै खुसी हुने गरेको पाईन्छ।उकालो ओरालो भन्ज्याडं चौपरी डाडा काडाले भरिएको गाउँको वातावरण छ्याडंग हरियाली देखिन्छ। कृषकहरु आफ्नो अन्न बाली उब्जाउने संगै खेतीपातीमाको काममा मन लोभिदा मन अर्कै हर्षित हुने गरेको देख्न सकिन्छ।

यतिबेला देशको धेरै ठाँउमा कोरोना संक्रमण देखिदै आएको छ। यसैकारण धेरै मानिस शहर छोडेर गाउँ फर्किएका छन्।छिमेकी देश भारतमा संक्रमण दर उच्च रहेकाले नेपाललाई पनि क्षति गरिरहेको हामीले जानकारी पाईरहेका छौ। त्यही जोखिमका कारण नेपाल सरकारले पनि देशका बिभिन्न ठाँउमा लकडाउन लगाएको छ। हामी गाउँ घरमा सेभ हुन्छौ भन्दै यात्रुहरु गाउँ फर्कन बाध्य छन्।

यस्तो पनि भन्ने गरिन्छस्
पिटे पनि आमै जाति
पोले पनि घामै जाति
दुस्ख पर्दा गाँमै जाति
हो दुस्ख पर्दा गाउँ धेरै प्यारो हुने गर्छ र गाँउको सुन्दरता र हरियालीमा बसेर एक छाकको भोकले कति मिठो गरि पेट भरिन्छ त्यो मानिसले भोग्दै आएको कुरा हो। यतिबेला गाउँ घरमा मकै छर्नेको चटारो बढेको छ। बैशाखबाट जेठ सम्म कृषकहरु मकै छर्ने गर्छन् र भदौसम्म उब्जाएर फलाएर खाने गर्छन्।

यस्तै स्याडंजको,कालीगण्डकीमा पनि मकै छर्नेको भ्याई नभ्याई छ।खडेरी लाग्ने बेला बैशाख जेठमा गाउँघरमा पानीको धेरै खाचो हुने गर्छ फलाउने बेलामा पानीको समस्या हुने गर्दथ्यो भने अहिलेको महिना भने कृषकलाई केही दिनको पानीले भने मिछ्याएको छ।केही समयको पानीले खुसी तुल्याउछ भने धेरै समय आएको पानीले हैरान बनाउछ साथै पहिरो जाने बगाउनेको पनि जोखिम रहन्छ।

यो महिना लगातार २ दिन मौसम बदलिएसंगै मेक गर्जन असिना सहित पानी परेको थियो। चिसो मौसम र सिमसिम पनी पर्दा खासै मौसम राम्रो संग खुल्न भने सकेको छैन केही छिन घाम र केही छिन पानी परेजस्तो गर्दा बिहान बेलुका चिसो हुने गरेको महसुस गर्दै आएको पाइएको छ।
गाँउ घरको वातावरणीय छेडिक समय हैन जिन्दगी भरनै रमाउने र रम्ने गराईरहेको हुन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार