२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ पूर्वरानी कोमलको स्वास्थ्यमा क्रमिक सुधार आउदै

पूर्वरानी कोमलको स्वास्थ्यमा क्रमिक सुधार आउदै

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार देखिएको छ।

पूर्वरानी शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको नर्भिक अस्पतालले जनाएको छ।

कोरोना संक्रमण भइ ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। उनको हाल आइसियूमै राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ।

अस्पतालका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार