गृहपृष्ठ नेपालका ४३ जिल्ला कुन कुनमा रहेछन दुई सय भन्दा बढी सक्रिय संक्रमित
नेपालका ४३ जिल्ला कुन कुनमा रहेछन दुई सय भन्दा बढी सक्रिय संक्रमित
नेपालका ४३ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ जिल्ला ‘रेड जोन’मा रहेका छन् । २२ जिल्लामा पाँच सयभन्दा बढी र २१ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा र प्रदेश २ को पर्सा, धनुषामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ र नुवाकोटमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी, प्रदेश २ को बारा, महोत्तरी, रौतहट, सर्लाही र सिरहामा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोक र सिन्धुलीमा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको गोरखा, तनहुँ, म्याग्दी, स्याङ्जा र नवलपरासी ९पूर्व० मा पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको नवलपरासी ९पश्चिम०, गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन् ।
कर्णाली प्रदेशको दैलेखमा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा, बैतडी, डोटी र अछामा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






