गृहपृष्ठ नेपाल सुपर लिग – पोखरासँग पराजितहुदै चितवन बाहिरियो
नेपाल सुपर लिग – पोखरासँग पराजितहुदै चितवन बाहिरियो
काठमाडौं । एफसी चितवन पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ ।
शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २-१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले एक एक गोल गरे ।
चितवनका शिशिर लेखिले एक गोल फर्काए ।





