२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ स्याडंजा कारीकोटको बालकन्या देवी मन्दिर- धार्मिकताले लोकप्रिय

स्याडंजा कारीकोटको बालकन्या देवी मन्दिर- धार्मिकताले लोकप्रिय

सुमन ढकाल,बैशाख-२६,स्याडंजा।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा अवस्थित श्री बाल कन्या देवी मन्दिर धार्मिक दृष्टिकोणले लोकप्रिय मन्दिरको रुपमा परिचित रहेको छ।

वर्षौं अघि देखि मानव जातिमा देवी देवताहरुमा आस्था रहेको पाइन्छ । चाडपर्वमा घुमघामका साथै मन्दिरको दर्शन र पुजाआजामा रमाउदै आउने हरुको सङ्ख्या पनि उल्लेख्य रहेको पाइन्छ ।

कुनै शुभ कार्य गर्नु अघि दिन हेरेर पुजाआजा गरि आफ्नो काम अगाडी बढाउने चलनपनि हाम्रो समाजमा व्याप्त रहेको पाइन्छ। ठुला-ठुला ब्यवसायी देखी उद्यामीहरु पनि मठ मन्दिरको दर्शन गरी पूण्य कमाउने अपेक्षा गरेका हुन्छन् ।

ठुला पर्व जनै पुर्णिमामा सहरी संगै गाउँ-घरमा खाना पनी नखाई डोरो बान्ने, संगै नाग टास्ने गरेको हामी देख्न सकिन्छ।

यस्तै धार्मिक क्षेत्रको कुरा गर्दा कालीगण्डकी गाउँपालिका वार्ड नं ०१ भित्र रहेको बालकन्या देवीको मन्दिर लाई धार्मिक पाटोका लागी महत्वपुर्णका साथ लिने गरेका छन्। जहाँ हिन्दुहरुको महान चाड बिजयादशमीको अवसरमा मन्दिरमा बोका,खसी रागाहरुको बलि पनि दिने गरेको पाईन्छ।

यस्तै, चाडपर्व आउदा मन्दिरमा वाख्खै देखी सराए नाचको कला संगै लोक सांस्कृतिक कार्यक्रमको भव्य प्रस्तुति पनि रहने गरेको मन्दिर व्यवस्थापन समितिका अअध्यक्ष भिम बहादुर सोमै र मन्दिर परिसरका सहयोगी ओम सोमैले जानकारी दिनुभयो।

मन्दिरलाई ब्यवस्थित गर्दा गर्दै पनि केही ठाउँमा अत्याधिक वर्षा र पहिरोको कारण क्षति पुग्न गएको थियो भने जोखिम हुन नदिन र पुन: निर्माणका लागी बालकन्या देवी र नजिक रहेको चामुण्डा देवीको मन्दिरका लागी वडा नं ०१ ले ५ लाख बजेट विनियोजन गरेसंगै निर्माण कार्य चलिरहेको कुरा वडा नं १ का वडा सदस्य रामु श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार