२०८३ भदौ ११ गते बिहीवार | August 27, 2026

गृहपृष्ठ नेपाल समूहलाई जसरी पनि रोक्ने, अब सबै अधिकार ओलीलाई

नेपाल समूहलाई जसरी पनि रोक्ने, अब सबै अधिकार ओलीलाई

माधव नेपाल समूहलाई फकाएर राजिनामाबाट रोक्ने उद्देश्यले आकस्मिक रूपमा बोलाइएको एमाले स्थायी कमिटि बैठक बालुवाटारमा जारी छ ।
नेपाल समूहमाथि गरिएको कारबाही र उनीहरूको मागबारे बैठकमा छलफल भएको बताइएको छ । बैठकको छलफल अनुसार माधव नेपाल समूहलाई जसरी पनि राजिनामाबाट रोक्ने छलफल भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार माधव नेपालबारे सबै निर्णय लिनको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दीइने भएको छ । नेपाल समूहसँग वार्ता र मागलाई सम्बोधन गर्न बैठकले ओलीलाई सम्पूर्ण अधिकार दिने निर्णय गरेको बताइएको छ । त्यतिमात्र होइन नेपाल समूहमाथि थप कारबाही गर्न पनि अधिकार दिने बैठकमा प्रस्ताव छ।

एकाबिहानै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दुत बनेर वरिष्ठ नेता माधव नेपाललाई फकाउन उनकै निवासमा पुगेका विष्णु पौडेल बालुवाटार फर्किएका छन् ।

नेपालसँग केहि समय छलफल गरेर पौडेल बालुवाटारको स्थायी कमिटि बैठकमा फर्किएका हुन् । प्रधानमन्त्री ओलीले लगातार फोन सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएका नेता नेपालमाथिको कारबाही फिर्ता लिएर भएपनि राजिनामाबाट रोक्ने रणनीतिमा ओली पुगेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार