२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ आज शुक्रबार कुन उमेरका कति संक्रमित थपिए ?

आज शुक्रबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ५२० जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १९२ जना र १० देखि १९ वर्षका ५१० जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ८७५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार ६ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ५१६, ५० देखि ५९ वर्षका १ हजार २२९ जना, ६० देखि ६९ का ६७० जना छन् ।

त्यस्तै, ७० देखि ७९ का ३०९ जना, ८० देखि ८९ का ११७ जना, ९० देखि १०० वर्ष उमेरका १९ जना र उमेर नखुलेका २४ जना छन् । अहिले देशभर १ हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

किन निराश भएर बुढानिलकण्ठबाट फर्किए प्रचण्ड

कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निराश भएर फर्किनुभएको छ
संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुई भन्दा दलको समर्थनमा सरकार गठन गर्न तम्सिएका देउवा र दाहाल बहुमत नपुग्ने भएपछि निराश भएर बाहिरिनुभएको छ ।

जसपाको महन्थ ठाकुर पक्षलाई अनेक प्रयत्न गर्दा पनि विश्वासमा लिन नसकेपछि कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १२४ जना मात्रै सांसद हुने भएका छन्।

बहुमतका लागि १३६ जना चाहिने भए पनि ठाकुरले आफूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि ७६ ९२० अनुसारको सरकार बनाउने देउवा दाहालको योजना विफल भएको हो । यो समाचार हामीले योहो टेलिभिजनबाट लिएका हौं ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै गर्दा प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार