२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ अलपत्र परेकालाई काठमाडौं छाड्न अनुमति

अलपत्र परेकालाई काठमाडौं छाड्न अनुमति

काठमाडौं जिल्ला प्रशासनले आज मध्यरातिसम्म काठमाडौं छोड्न चाहनेलाई जान अनुमति दिएको छ । निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको हो ।

राजधानीमा रोकिएका र नाकामा अलपत्र परेकालाई गन्तव्यसम्म पुग्न आज रातिसम्म अनुमति दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुृलीले बताए । उनले अलपत्र परेकालाई उद्दार गर्नका लागि यस्तो निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार बसपार्क र नाकामा अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुग्न दिनको लागि उद्दारस्वरुप प्रशासनले यस्तो निर्णय गरेको हो । बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्नेछ । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा जेठ १३ गते मध्यरातसम्म रहेको छ ।

यो पनि

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ५२० जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १९२ जना र १० देखि १९ वर्षका ५१० जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ८७५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक २ हजार ६ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ५१६, ५० देखि ५९ वर्षका १ हजार २२९ जना, ६० देखि ६९ का ६७० जना छन् ।

त्यस्तै, ७० देखि ७९ का ३०९ जना, ८० देखि ८९ का ११७ जना, ९० देखि १०० वर्ष उमेरका १९ जना र उमेर नखुलेका २४ जना छन् । अहिले देशभर १ हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार