२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता सुरु

प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

वार्ताका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सिंहदरबार पुगेका छन् । अध्यक्ष ओलीका तर्फबाट ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ पनि छलफलमा सहभागी भएका छन् । बिहीबार दिउँसो ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता सुरु भएको हो ।

ओलीसँग वार्तामा बस्नुअगाडि नेता नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो । बैठकमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए । आफू निकट केन्द्रीय सदस्यहरुलाई नेता नेपालले ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन तयार भएको बताएका थिए ।

शुक्रबारको वार्ताबाट कार्यदल बनाउने लगायतबारे छलफल हुने तयारी छ ।

यो पनि

केपी ओली पुनः प्रधानमन्त्री भएपछि के भन्छन भीम रावल

नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिवर्तन गरिनसकेको बताएका छन् । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड(१९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भए पनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मिहिनेत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताएका हुन् ।

आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरी संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमालेभित्रको संकट निवारण भएको हो रु भन्ने संचारकर्मीको प्रश्नमा उनले आफूहरुको अडान यथावत रहेको प्रतिक्रिया दिए ।

बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भए पनि त्यसले आकार लिइनसकेको प्रतिक्रिया उनले दिए । उनले भने, ‘हामी अहिले पनि नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत रहनुपर्दछ र अमिल्दा कुराहरु रद्द भएर पार्टी स्वाभाविक रुपमा अघि जानुपर्छ भन्ने मान्यतामा कायमै छौँ ।‘

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार