२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था बारे यसो भन्छ सरकार

स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था बारे यसो भन्छ सरकार

परराष्ट्रमन्त्री एवं कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य प्रदिप ज्ञवालीले मुलुकमा तत्कालै स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताएका छन् । महामारी नियन्त्रणमा लिन वतमान संरचना र कानुन नै पर्याप्त भएकाले सरकारले यसतर्फ नसोचेको उनले बताए ।

पत्रकार कनकमणि दीक्षितसँगको एकघण्टा भन्दा लामो भिडयो वार्ताबका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान महामारी, खोपको उपलब्धता, अक्सिजन ब्यवस्थापन, राजनीतिक गतिरोध र नागरिक समाजका गतिविधि लगायतका बिषयमा सरकारी घारणा प्रस्तुत गरेका छन् ।
अहिलेका अक्सिजन हाहाकारका सम्बन्धमा मन्त्री ज्ञवाली भन्छन्, ‘महामारीले अक्सिजन उत्पादनमा पार्ने दबाबको आकंलन गरेर तयारी गर्न हामी पछि परेको देखियो ।’

 

यो पनि

जानौं स्वस्थ हुन कस्तो हुनुपर्दछ खानपान तालिका ?

कुनै पनि पोषकतत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिंदैन । यो सन्तुलित हुनुपर्छ । त्यसैले कुन खानेकुरामा के पाइन्छ, त्यो कति खाने भन्ने कुरा जान्नैपर्छ ।

कुन खानेकुरा कति खाने भनेर मात्र पनि पुग्दैन । त्यो कति बेला खाने भन्ने पनि जान्नुपर्छ । दिनमा कति पटक खानेकुरा खाने भन्ने तालिकाले हाम्रो स्वास्थ्यलाई सही ढंगले पोषण आपूर्तिमा सघाउ पुर्याउँछ । यो भनेको भोजन व्यवस्थापन पनि हो । किनभने एकै पटक धेरै खानेकुरा सेवन गर्दा पाचन पक्रियालाई असर गर्छ । त्यसैले समय तालिका अनुसार खानेकुरा खानु राम्रो हो ।

सामान्यतया हामी दिनमा तीन पटक खाने गर्छौं, बिहान, दिउँसो र बेलुकी । बिहान र बेलुकी खाना खाइन्छ भने दिउँसो खाजा ।

तर डाइटिङको चक्करमा केही व्यक्तिहरु बेलुका खाना खाँदैनन् । यसबाट उनीहरु वजन कम गर्न त सफल हुन्छन्, तर यसले दीर्घकालमा स्वास्थ्यलाई हानि पुर्याउन सक्ने विज्ञहरुको कथन छ । केही विज्ञहरुको मान्यता छ कि दिनमा तीनपटक खाने गर्दा स्वास्थ्य राम्रो रहन्छ । यो भन्दा बढी खाँदा पेटले पचाउन नसक्ने र स्वास्थ्य बिग्रिने गर्छ ।

स्वास्थ्यसम्वन्धी विज्ञहरुका अनुसार दिनभरि थोरै थोरै खानेकुरा खाइरहनु स्वास्थ्यका लागि हितकर हुन्छ । तर, धेरै खायो भने त्यसले फाइदाको साटो हानि गर्छ । पटक–पटक गरेर थोरै–थोरै खानेकुरा खाँदा शरीरमा फ्याट जम्मा हुन पाउँदैन किनकि शरीरको फ्याट बर्न गर्ने क्षमता बढ्छ ।

यसबाट ब्लड सुगरको लेभल पनि नियन्त्रणमा रहन्छ र दिनभर शरीरमा उर्जा प्रवाह हुन्छ । यो पनि ध्यानमा राख्नुपर्छ कि खाना विस्तारै र राम्ररी चपाएर खाँदा सबै पोषकतत्व शरीरले ग्रहण गर्न सक्छ र खाना सजिलै पच्छ पनि ।

डायबिटिजका रोगीहरुले दिनमा तीन पटक मात्र नभएर ५–६ पटक थोरै थोरै खानेकुरा खाने गर्नुपर्छ । यसबाट शरीरको क्यालोरी बर्न हुन्छ र रगतमा सुगरको मात्रा पनि नियन्त्रणमा रहन्छ ।

यदि तपाईं आफ्नो वजन कम गर्न चाहनुहुन्छ भने पनि दैनिक पटक–पटक खानेकुरा खानु आवश्यक छ ताकि तपाईंको मेटाबोलिज्म स्थिर रहोस् र क्यालोरी बर्न भइरहोस् ।

यदि क्यालोरी एब्जर्व हुनुका साथसाथै बर्न पनि भइरह्यो भने यो जम्न पाउँदैन र तौल नियन्त्रणमा रहन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार