गृहपृष्ठ आज आइतबार कुन जिल्लामा कति संक्रमित थपिए ?
आज आइतबार कुन जिल्लामा कति संक्रमित थपिए ?
नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ । गत २४ घण्टामा मात्र ७ हजार ३ सय ६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १ लाख १० हजार २ सय ६३ जना सक्रिय संक्रमित छन् ।
प्रदेश १ को इलाममा १२, उदयपुरमा ९, ओखलढुंगामा ३३, खोटाङमा ३, झापामा २००, ताप्लेजुङमा २६, तेह्रथुममा २, धनकुटामा ४, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३५२, संखुवासभामा ३, सुनसरीमा ९१ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ ।
प्रदेश २ को धनुषामा १४२, पर्सा ५७, बारामा २४, महोत्तरीमा १११, रौतहटमा ४२, सप्तरीमा १५३, सर्लाहीमा १४ र सिरहामा ५३ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा २५५, चितवनमा २५१, दोलखामा ७, धादिङमा ५१, नुवाकोटमा ५५, भक्तपुरमा २९२, मकवानपुरमा १७, रसुवामा ५३, रामेछापमा ११, ललितपुरमा ४३६, सिन्धुपाल्चोकमा ८५ र सिन्धुलीमा ६३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १७०, गोरखामा २३, तनहुँमा २२, नवलपरासी पूर्वमा ५३, पर्वतमा ६, मुस्ताङमा १, म्याग्दीमा २, लमजुङमा ५, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४०, कपिलवस्तुमा २१, गुल्मीमा ५४, दाङमा ३१९, नवलपरासीमा ५५, पाल्पामा ७७, प्युठानमा १, बर्दियामा ४३, बाँकेमा १६०, रुकुम पूर्वमा २, रुपन्देहीमा ४०३ र रोल्पामा ७ जनामा कोरोना पाइएको छ ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा ३८, जुम्लामा ६, डोल्पामा ४, दैलेखमा २१, मुगुमा ३, रुकुम पश्चिमा २४, सल्यानमा ९३, सुर्खेतमा २१५ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३३, कैलालीमा ५२७, डडेल्धुरामा १, डोटीमा २, दार्चुलामा १६, बाजुरामा ३ र बैतडीमा ५२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।





