गृहपृष्ठ देशभर कहाँ कति संक्रमित छन् आइसीयू र भेन्टिलेटरमा ?
देशभर कहाँ कति संक्रमित छन् आइसीयू र भेन्टिलेटरमा ?
देशभर हाल १ हजार ६ सय ९३ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । १ हजार ३ सय १३ आइसीयू र ३८० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा १७६ आइसीयू र ४७ भेन्टिलेटरमा, प्रदेश २ मा १८८ आइसीयू र ४८ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ५८४ आइसीयू र २३० जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९८ जना आइसीयू र २० जना भेन्टिलेटरमा रहेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा १२२ जना आइसीयू र १५ जना भेन्टिलेटरमा, कर्णालीमा ९६ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४९ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यो पनि
नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ७ हजार ३६८ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १६२ जना र १० देखि १९ वर्षका ४९६ जना रहेका छन् ।
त्यस्तै, २० देखि २९ सम्मका १ हजार ६६३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ६९४ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ३१९, ५० देखि ५९ वर्षका ९५९ जना, ६० देखि ६९ का ५८६ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का २८६ जना, ८० देखि ८९ का १०८ जना, ९० देखि १०० वर्ष उमेरका १८ जना र उमेर नखुलेका २५ जना छन् । अहिले देशभर १ हजार ३१३ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





