२०८३ मंसिर ५ गते शुक्रवार | November 20, 2026

गृहपृष्ठ महेश बस्नेतलाई डा.भट्टराई पक्षवाट आयो कडा जवाफ ‘तिमी एमालेका अपहरण विभाग प्रमुख !’

महेश बस्नेतलाई डा.भट्टराई पक्षवाट आयो कडा जवाफ ‘तिमी एमालेका अपहरण विभाग प्रमुख !’

डा.बाबुराम भट्टराई मध्यरातमा वालुवाटार पुगेर मलाई प्रधानमन्त्री बनाउनु पर्यो भनेका थिए भन्दै नेकपा एमालेका सांसद महेश बस्नेतले आरोप लगाएपछि भट्टराईका पक्षवाट त्यसको कडा जवाफ आएको छ । भट्टराईका प्रेस सल्लाहका विश्वदिप पाण्डेले बस्नेतलाई एमालेका अपहरण विभाग प्रमुख भन्दै टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत बस्नेतलाई जवाफ दिँदै यस्तो भनेका छन्, आज एमालेका अपहरण विभाग प्रमुखले छेउ टुप्पो नबुझी वान्ता गरेछन् । तर अपहरण विभाग प्रमुखलाई राजनीतिक कुरा, देशलाई निकास दिने कुरा कहाँ पच्छ र ? देशको राजनीति स्थिर हुँदा त आफ्नो अप हर ण व्यवसाय नै धरापमा जो पर्छ ।

उनले डा.बाबुराम भट्टराईले मुलुकको समस्या हल गर्न सुझाव सहित गएको वालुवाटार गएको स्पष्टिकरण दिएका छन् । भट्टराईको ट्वीट शेयर गर्दै उनले एउटा नेताको हैसियतले मुलुकको अवस्था प्रति चिन्तित हुनु कर्तब्य भएको र भट्टराईले सोही कर्तब्य पुरा गरेको स्पष्टिकरण दिएका छन् ।

पूर्वमन्त्री महेश बस्नेतले यो दश दिनको अवधिमा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेको बताएका थिए । ऋषी धमलाको कार्यक्रममा अन्तरवार्ता दिँदै उनले यस्तो बताएका थिए । भट्टराई राति १ बजे बालुवाटार पुगेर आफूलाई नै प्रधानमन्त्री बनाईदिन आग्रह गरेको उनको दाबी थियो ।

 

उनले भने“यो दश दिनमा बाबुरामजीले प्रधानमन्त्रीलाई दुई पटक भेट्नुभयो, त्यो पनि राति १ बजे । उहाँले आजको दिनमा राष्टिय सरकार बनाउनुपर्छ, यसको नेतृत्व मैले लिनुपर्छ । आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो ।

तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस । त्यो तपाईबाहेक अरु कसैले गर्न सक्दैन् । प्रचण्ड, शेरबहादुर देउवाको हामीले नाडी छाम्यौं भन्नुभयो । त्यसपछि प्रधानमन्त्रीले के भन्नुभयो अरे भने मेरोविरुद्ध तपाईँ, प्रचण्ड, नारायणकाजी, उपेन्द्रदेखि रामचन्द्रसम्म लाग्नुभाछ, अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने, म चाहीँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०, २१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३, १४ जनाको प्रतिनिधि, अनि तपाई चाहीँ कति जनाको प्रतिनिधि रु तपाईँ बाहेक को छ तपाईको प्रतिनिधि ?”

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार