२०८३ मंसिर ५ गते शुक्रवार | November 20, 2026

गृहपृष्ठ हेर्नुहोस कोरोना संक्रमितको हिसाबले नेपाल कति औं स्थानमा पुग्यो ?

हेर्नुहोस कोरोना संक्रमितको हिसाबले नेपाल कति औं स्थानमा पुग्यो ?

कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ३४ लाखभन्दा बढी छ भने ३३ लाख ८८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ३ करोड ३६ लाख ९७ हजार ३ सय ७९ जना संक्रमित भएकोमा ५ लाख ९९ हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।

कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ४८ लाख ५३ हजार ६ सय ७६ पुगेको छ । भारतमा ज्यान गुमाउनेको संख्या २ लाख ७३ हजार ३८ पुगेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ५५ लाख ९० हजार ६ सय १३ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको ४ लाख ३४ हजार ८ सय ५२ रहेको छ ।

यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो, तर्की पाँचौँ, रुस छैठौँ, बेलायत सातौँ, इटाली आठौँ, स्पेन नवौँ र जर्मनी दशौँ स्थानमा रहेको छ ।

वर्ल्डोमिटरको तथ्या‌क अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ४३ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ भने ५ हजार १ जनाको ज्यान गइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार