गृहपृष्ठ नेपालमा कहाँ कति संक्रमित छन् आइसीयू र भेन्टिलेटरमा ?
नेपालमा कहाँ कति संक्रमित छन् आइसीयू र भेन्टिलेटरमा ?
देशभर हाल १ हजार ९ सय ८० जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् । १ हजार ५ सय ९० आइसीयू र ३९० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा १९४ आइसीयू र ४३ भेन्टिलेटरमा, प्रदेश २ मा २२५ आइसीयू र ४६ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ७९१ आइसीयू र २४४ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ११३ जना आइसीयू र २४ जना भेन्टिलेटरमा रहेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा १४४ जना आइसीयू र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ८२ जना आइसीयू र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४१ जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यो पनि
कोरोना संक्रमणबाट यति धेरै जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ६३५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना छन् ।





