२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ ‘रेड जोन’मा ५७ जिल्ला, ४१ जिल्लामा पुगे पाँच सयभन्दा बढी संक्रमित

‘रेड जोन’मा ५७ जिल्ला, ४१ जिल्लामा पुगे पाँच सयभन्दा बढी संक्रमित

नेपालका ४१ जिल्लामा पाँच सयभन्दा बढी र १६ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी र महोत्तरी, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी, गण्डकी प्रदेशको कास्की, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र गोरखा, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशको सुर्खेत, सल्यान र सुदुरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर, अछाम, डडेलधुरा र बैतडीमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन् । त्यसैगरी, देशभर ७५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, प्रदेश १ को ताप्लेजुङ, धनकुटा, संखुवासभा र उदयपुर, प्रदेश २ को सलार्ही र सिराहा, बागमती प्रदेशको दोलखा र रसुवा, गण्डकी प्रदेशको म्याग्दी, लमजुङ, पर्वत र लुम्बिनी प्रदेशको रोल्पामा दुई सय भन्दा बढी संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुम पश्चिम र सुदुरपश्चिम प्रदेशको डोटीमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, १५९० जना आइसीयू र ३९० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

कोरोना संक्रमणबाट यति धेरै जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जनासहित हालसम्म ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ६३५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार