२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ यी हुन् आज एक जना मात्रै संक्रमित थपिएका ६ जिल्ला

यी हुन् आज एक जना मात्रै संक्रमित थपिएका ६ जिल्ला

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जना कोभिड(१९ संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार ४९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना मात्रै संक्रमित थपिएका जिल्लामा पाँचथर, संखुवासभा, मुस्ताङ, कालीकोट, मुगु र हुम्ला छन् ।

त्यस्तै, सात जिल्लामा दुई जनाभन्दा बढी तर १० भन्दा कम संख्यामा संक्रमित थपिएका छन् । ओखलढुंगा, खोटाङ, भोजपुर, मकवानपुर, बागलुङ, कैलाली र प्युठानमा १० भन्दा कम संक्रमित थपिएका हुन् ।

यो पनि

भारतीय टिम २४ दिन लामो समय क्वारेन्टिनमा बस्ने

इंग्ल्यान्ड भ्रमण अघि भारतीय क्रिकेट टिमले लामो समय क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

भ्रमण अघि भारतीय टिमले मुम्बईमा दुई साता र इंग्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

कोरोना भाईरसको महामारी र सम्भावित संक्रमणको कारण भारतीय टिमले लामो समय क्वारेन्टिनमा बिताउनु पर्ने भएको हो ।

भारतीय टिमको मुम्बईमा बुधबारबाट क्वारेन्टिन सुरु हुनेछ । भारतीय टिम जुन २ मा इंग्ल्यान्ड जाने छन् ।

इंग्ल्यान्ड पुगेपछि भारतीय साउथह्याम्पटनमा १० दिनको क्वारेन्टिनमा बस्ने छन् ।

भारतले इंग्ल्यान्डमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल र इंग्ल्यान्डविरुद्ध टेस्ट सिरिज खेल्नेछ ।

बीसीसीआईले २० सदस्सीय टिमको घोषणा गरिसकेको छ ।

भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने भारत र न्युजिल्याण्डबीचको फाइनल जुन १८ देखि २२ सम्म हुनेछ ।

त्यसपछि भारतले घरेलु टिम इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ ।

पहिलो टेस्ट अगस्ट ४ बाट हुनेछ । यस्तै अन्तिम टेस्ट १४ सेप्टेम्बरबाट सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार