गृहपृष्ठ सकियाे एमाले स्थायी कमिटी बैठक, यस्तो भयो निर्णय
सकियाे एमाले स्थायी कमिटी बैठक, यस्तो भयो निर्णय
नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएको हो । बैठकले राष्ट्रिय सभा उमेदवार रहेका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई मतदान नगर्ने पार्टीकै नेताहरुप्रति भर्त्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्यको पछिल्लो अवस्थालगायतका विषयमा जानकारी गराएका थिए ।
यो पनि
सर्वोच्च अदालतले धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले एकपटक ६ महिनाका लागि मन्त्री हुन पाउने र त्यसबीचमा संघीय संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था गरेको भन्दै ओलीको पछिल्लो क्याबिनेटमा उनीहरूको पुनःनियुक्ति संविधानसम्मत नरहेको ठहर गरेको छ ।
राणाले यो आदेशसँगै संविधानको धारा ७८ को व्याख्या समेत गरेका छन् । यो आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।
उनीहरू अब प्रतिनिधिसभा वा राष्ट्रियसभामा निर्वाचित भएर आएपछि मात्र मन्त्री बन्न पाउने छन् । यी सात मन्त्रीको नियुक्ति असंवैधानिक भन्दै परेको अघिल्लो रिटमाथि पनि राणाकै इजलासमा सुनुवाइ भएको थियो । तर, त्यसबेला रिट निवेदकले अन्तरिम आदेश माग नगरेको भन्दै राणाले पूर्णसुनुवाइमा पठाएका थिए ।





