२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ कोरोना संक्रमणबाट निस्कियो अर्को एउटा महामारी

कोरोना संक्रमणबाट निस्कियो अर्को एउटा महामारी

कोरोना महामारीको बेला देखिएको ब्ल्याक फंगस अब भारतको केन्द्र सरकारका लागि ठूलो चिन्ताको बिषय बन्न पुगेको छ । केन्द्र सरकारले सबै राज्यलाई पत्र लेखेर ब्ल्याक फंगसका लागि अलर्ट गरेको छ । साथै, सबै राज्य सरकारलाई यसलाई महामारी एक्ट अनुरुप नोटेबल डिजीज घोषित गर्न भनेको छ । अर्थात्, राज्यलाई ब्ल्याक फंगसको केस, मृ’त्यु, उपचार र औषधीको हिसाब राख्नुपर्नेछ । राजस्थान, हरियाणा, तेलगाना र तमिलनाडुले यो ब्ल्याक फंगसलाई पहिले नै महामारी घोषित गरिसकेका छन् । दिल्लीमा पनि यसका बिरामीका लागि भिन्न सेन्टर्स बनाइँदै छ ।

स्वास्थ्य मन्त्रालयको जोइन्ट सेक्रेटरी लव अग्रवालले राज्यसँग भनेका छन्, ‘ब्ल्याक फंगस संक्रमणका केस अत्यधिक बढिरहेको छ र यसका कारण कोभिड बिरामीको मृ’त्युको संख्या पनि बढिरहेको छ । हाम्रो अगाडि यो नयाँ चुनौती हो ।’

भारतका थुप्रै राज्य हरुका कोरो’ना संक्रमित बिरामीमा म्यूकर माइकोसिस नामको फंगल इन्फेक्सन देखिएको छ । यो विशेषगरी ती बिरामीमा देखिएको छ जसलाई स्टेरोइड थेरेपी दिइएको छ र जसको सुगर स्तर पनि अनियन्त्रित छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार