२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ सानदार जितसँगै सिटीले उचाल्यो ट्रफी

सानदार जितसँगै सिटीले उचाल्यो ट्रफी

एजेन्सी । च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोल गरे ।

खेलको ११ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए ।

१४ औं मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।

Image

३७ औं मिनेटमा एभर्टनका गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार सिटीका गोलकिपर एडर्सनले बचाए ।

खेलको ५३ औं मिनेटमा फोडेनले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

७१ औं मिनेटमा सिटीका लागि अन्तिम खेल खेलिरहेका अग्युरोले गोल गर्दै टिमको अग्रता ४-० को बनाए । उनी सिजनको अन्त्यसँगै क्लब छाड्दै छन् ।

त्यसपछि खेलको ७६ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० को जित दिलाए । यस गोलसँगै अग्युरोले सिटीका लागि १ सय ८४ औं गोल पूरा गरेका छन् ।

फराकिलो जितसँगै सिटीले उपाधि ट्रफी समेत उचालेको छ ।

सिटीले उपाधि जित्ने क्रममा यस सिजन ३८ खेलमा ८६ अंक जोड्यो ।

एभर्टन भने ५९ अंक जोडेर दशौँ स्थानमा रह्यो ।

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार