२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ माधवका यी २३ जना सांसदले गरे ओली बिरुद्ध हस्ताक्षर, हेर्नुहोस् (नामसहित)

माधवका यी २३ जना सांसदले गरे ओली बिरुद्ध हस्ताक्षर, हेर्नुहोस् (नामसहित)

संसद विघटनको विपक्ष र कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नुपर्ने मागसहितको रिटमा माधव पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

माधवपक्षीय सांसद निरादेवी जैरुका अनुसार अहिलेसम्म २३ सांसदले हस्ताक्षर गरिसकेका छन् । ‘अरु पनि आउने क्रम जारी छ । यो संख्या बढ्छ’, उनले भनिन् ।

सांसदहरू कानूनविद्को सहयोगमा सिंहदरबारमा वारेसनामा तयारीमा लागेका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा २३ जनाको हस्ताक्षर र वारेसनामा पुगिसकेको र अन्यको नागरिकता मगाइएको जैरुले बताइन् ।

माधव नेपाल पक्षका प्रभावशाली नेता योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।

हेर्नुहोस् रिटमा हस्ताक्षर गर्ने सांसदको सूची

१. विरोध खतिवडा,

२. जीवनराम श्रेष्ठ,

३. घनश्याम भुसाल,

४. सोमप्रसाद पाण्डे,

५. कृष्णलाल महर्जन,

६. झपट रावल,

७. निरादेवि जैरू,

८. सरला यादव,

९. कल्याणी खड्का,

१०. लक्ष्मी चौधरी,

११. माधव नेपाल,

१२. भीम रावल,

१३. कलिला खातुन,

१४. रामकुमारी झाँक्री,

१५. झलनाथ खनाल,

१६. पुष्पा कर्ण कायस्थ,

१७. भवानी प्रसाद खापुङ,

१८. यज्ञ सुनुवार,

१९. पवित्रा निरौला,

२०. मुकुन्द न्यौपाने,

२१. मेटमणि चौधरी,

२२. दिपक प्रकाश भट्ट,

२३.नारायण खतिवडा

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार