२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ आज फेरी थप यति जनाको मृत्यु, थपिए ठुलो संख्यामा संक्रमित

आज फेरी थप यति जनाको मृत्यु, थपिए ठुलो संख्यामा संक्रमित

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।

यो पनि

प्रधानमन्त्री ओलीको दाबी : चुनाव अगाडि नै सबैलाई कोरोना खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताएका छन् । आइतबार बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट वञ्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौमसत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’

जनताको उपचार पाउने हकको सम्मान गर्न सरकार दिनरात लागिपरेको प्रधानमन्त्री ओलीले बताए । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उनले भने, ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि दूषित उद्देश्यका ब्लाकमेलरहरु छन् । जनता यसबाट अलमलिनुहुँदैन ।’

उनले चुनावभन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा सरकार लागेको बताए । प्रधानमन्त्री ओलीले अघि भने, विभिन्न मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेका छौं ।’

यो पनि

एमाले फुट्नै लाग्दा नेताले क्याम्प बदले, अहिले काे कता हेर्नुहोस् (नामसहित)

अन्ततः नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले नेता माधवकुमार नेपालले नयाँ दल खोल्न लागेको खुलासा गरेपछि फुट्ने निश्चितप्रायः भएको हो । नयाँ दल निर्माणको खाका समेत तयार भइसकेको छ ।

एमालेको विघटित प्रतिनिधि सभामा माधव नेपाल समूह कमजोर भएपनि नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीमा बलियो रहेको छ । तर, निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेक निर्वाचित कमिटी नै भंग गरेर नयाँ स्थायी कमिटीको घोषणा गरेका थिए । जसलाई नेपाल समूहले मानेको छैन ।
फुटको नजिक पुगेको एमालेमा माधव नेपाल समूह नवौं महाधिवेशनको निर्वाचित पदाधिकारी र स्थायी कमिटीको आधारमा कमजोर छैन ।

नवौं महाधिवेशनमा एमालेमा १४ पदाधिकारीमध्ये ७ जना पदाधिकारी ओली पक्षमा छन् । नेपाल पक्षका गोकर्ण बिष्ट र योगेश भट्टराई ओली समूहमै फर्किएका छन् ।

यसअघि नवौं महाधिवेशनको पदाधिकारीमध्येलाई आधार मान्दा बहुमत रहेका नेपाल दुई सदस्यले गुट परिवर्तन गरेपछि अल्पमतमा परेका छन् । पछिल्लो संख्यालाई आधार मान्दा ५ जना पदाधिकारी माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली भएको थियो । निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् । स्वतः वरिष्ठ नेता बनेका झलनाथ खनाल र मनोनयन गरिएका वरिष्ठ नेता माधवकुमार नेपालसहित पदाधिकारी जोड्दा ७ जना नेपाल समूहमा देखिएका छन् । बामदेव गौतम महत्वपूर्ण पदसहित नेपाल समूहका जाने बुझिएको छ ।

नेकपा एमालेको स्थायी कमिटिमा १२ जना ओली पक्षमा छन् भने ११ जना माधव नेपाल पक्षमा छन् । नवौं महाधिवेशनमा नेपाल समूहबाट महासचिवको चुनाव लडेका सुरेन्द्र पाण्डे ओली समूहमै फर्किएका छन् । पदाधिकारी र स्थायी कमिटीमा बराबर जस्तै अवस्था छ।

एमाले विभाजित हुँदा नवौं महाधिवेशनको निर्वाचित कमिटीको आधा आधा जस्तो दुवैतर्फ पर्ने देखिन्छ । एमाले ठिक आधा आधा जस्तो हुन्छ ।

यसरी नेकपा एमालेको नवौं महाधिवेशनको निर्वाचित पदाधिकारी, स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटीलाई आधार मान्दा ओली र नेपाल समूह दुवैमा आधा आधा शक्ति देखिन्छ । एमाले फुट्दा दुवैतर्फ आधा आधा संख्या रहनसक्छ ।

केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१.केपी ओली, अध्यक्ष

२. इश्वर पोखरेल, महासचिव

३. प्रदिप ज्ञवाली, सचिव

४. गोकर्ण विष्ट, सचिव

५. योगेश भट्टराई, सचिव

६. पृथ्वी सुब्बा गुरुङ, सचिव

७. विष्णु पौडेल, उपमहासचिव

स्थायी कमिटी सदस्य

८. शंकर पोखरेल

९. सत्यनारायण यादव

१०. सुवास नेम्वाङ

११. विष्णु रिमाल

१२. सुरेन्द्र पाण्डे

माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१. माधवकुमार नेपाल, वरिष्ठ नेता

२. झलनाथ खनाल, वरिष्ठ नेता

३. अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष

४. भिम रावल, उपाध्यक्ष

५. युवराज ज्ञवाली, उपाध्यक्ष

६. घनश्याम भुषाल, उप महासचिव

७. भिम आचार्य, सचिव

स्थायी कमिटी सदस्य

८. मुकुन्द न्यौपाने

९. रघुजि पन्त

१०. बेदुराम भुषाल

११. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य

उपाध्यक्ष बामदेव गौतम तटस्थ

(एमालेको नवौं महाधिवेशनबाट निर्वाचित र मनोनित पदाधिकारी)

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार