२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ स्पेनको टिम घोषणा, रामोस टिम बाहिर

स्पेनको टिम घोषणा, रामोस टिम बाहिर

 

एजेन्सी । कप्तान सर्जियो रामोस युरो कप खेल्ने स्पेनको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् ।

चोटका कारण रामोसलाई बाहिर राख्दै स्पेनको राष्ट्रिय टिम घोषणा गरिएको छ । टिमबाट बाहिरिएसंगै रोमोसले आसन्न युरोकप गुमाउने भएका छन् ।

रामोस स्पेनका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले स्पेनबाट सर्वाधिक १ सय ८० क्याप जितेका छन् ।

रामोसले युरो कप छनोटका १० मध्य ९ खेलमा मैदान उत्रिएका थिए । उनी सन् २००८ मा युरो कप स्पेनले जित्दा टिमका मुख्य सदस्य थिए ।

मुख्य प्रशिक्षक लुईस एनरिकेले अनुभवी कप्तान रामोसलाई बाहिर राख्दै २६ सदस्यीय युरो कपका लागि टिम घोषणा गरेका छन् ।

रामोसले गत जनवरीमा घुँडाको सल्यक्रिया गरेका थिए । उनी यस वर्ष ला लिगाका मात्र दुई खेलमा उपस्थित रहे ।

‘यो निकै कठिन निर्णय हो । तर रामोस अहिले प्रतिस्पर्धा वा प्रशिक्षण गर्न सक्षम छैनन् ।’ खेलाडी सार्वजनीक गर्दै प्रशिक्षक एनरिकेले भनेका छन् ।

‘म रामोसलाई टिममा चाहन्छु । तर मलाई लाग्दैन यो व्यवहारिक हुन्छ । उनी प्रतिस्पर्धा गर्ननै असमर्थ रहेका छन् ।’ उनले थपे ।

रामोस यस वर्ष रियल मड्रिडबाट मैदान उत्रदा च्याम्पियन्स लिगको सेमिफाईनलको दोस्रो लेगमा २–० ले पराजित बनेको थियो । उनी निकै निराश र फिट नभएको देखिन्थे ।
यस महिनाको सुरुवातमा फ्रान्सको नागरिकता त्याग्दै स्पेन आएका म्यान्चेष्टर सिटीका सेन्टर ब्याक आयमेरिक लापोर्ट भने टिममा समावेश भएका छन् ।

सिटीले यस सिजन एक मात्र प्रिमियर लिगको खेलमा सुरुवाती रोजाईमा मैदान उतारेका एरिक गार्सियालाई समेत टिममा राखिएको छ ।

रियल मड्रिडका रामोसले यस सिजन ला लिगामा १५ खेल मात्र खेलेका छन् ।

स्पेनको टिममा रियलका कुनैपनि खेलाडी अटाएका छैनन् ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।

स्पेन समूह ई मा रहेको छ । यस समूहमा स्विडेन, पोल्याण्ड र स्लोभाकिया रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार