२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ हेर्नुहोस नेपालमा आज सोमबार कुन उमेरका संक्रमित कति ?

हेर्नुहोस नेपालमा आज सोमबार कुन उमेरका संक्रमित कति ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ७ हजार २२० जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १७३ जना र १० देखि १९ वर्षका ५०७ जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ५९१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ६३९ जना छन् । ४० देखि ४९ वर्षका १ हजार २८४, ५० देखि ५९ वर्षका १ हजार ६ जना, ६० देखि ६९ का ६११ जना छन् ।

त्यस्तै, ७० देखि ७९ का २६१ जना, ८० देखि ८९ का ११३ जना, ९० देखि १०० वर्ष उमेरका ७ जना र उमेर नखुलेका २८ जना छन् । अहिले देशभर १ हजार ६९७ जना आईसीयूमा र ४६७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

नेपालमा आज सोमबार कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ । गत २४ घण्टामा मात्र ७ हजार ४ सय २५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १ लाख १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६०, खोटाङमा ५५, झापामा ४१, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा ६४, भोजपुरमा ११, मोरङमा ३२३, संखुवासभामा ३२, सुनसरीमा २१८ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धनुषामा १५०, पर्सा २३, बारामा ३८, महोत्तरीमा १४१, रौतहटमा ४१, सप्तरीमा ४२, सर्लाहीमा ३४ र सिरहामा ५७ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ८ सय ६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा १४०, चितवनमा १७१, दोलखामा ८७, धादिङमा २५, नुवाकोटमा १९५, भक्तपुरमा २९८, मकवानपुरमा २४२, रसुवामा २, रामेछापमा ७८, ललितपुरमा ६८१, सिन्धुपाल्चोकमा ६० र सिन्धुलीमा ४४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २५८, गोरखामा १४९, तनहुँमा ७९, नवलपरासी पूर्वमा २९, पर्वतमा ६५, मुस्ताङमा २, म्याग्दीमा २९, लमजुङमा ८९, बागलुङमा ७ र स्याङजामा १९८ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १९, कपिलवस्तुमा ८८, गुल्मीमा ४, दाङमा १४३, नवलपरासीमा ४१, पाल्पामा ५१, प्युठानमा १०, बर्दियामा ९, बाँकेमा ४६, रुकुम पूर्वमा १, रुपन्देहीमा २८७ र रोल्पामा ३ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १९, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा २, दैलेखमा २९, रुकुम पश्चिमा १६, सल्यानमा २ र सुर्खेतमा ७८ जनामा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ७८, कञ्चनपुरमा १, कैलालीमा ९६, डडेल्धुरामा २५, डोटीमा १, दार्चुलामा २२, बझाङमा २, बाजुरामा २ र बैतडीमा ५७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार