गृहपृष्ठ नेपाल कोरोना संक्रमितको हिसाबले कति औं स्थानमा पुग्यो ?
नेपाल कोरोना संक्रमितको हिसाबले कति औं स्थानमा पुग्यो ?
कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ७५ लाखभन्दा बढी छ भने ३४ लाख ७९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ३ करोड ३८ लाख ९६ हजार ६ सय ६० जना संक्रमित भएकोमा ६ लाख ४ हजार ८७ जनाको ज्यान गएको छ ।
कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ५२ हजार ४ सय ४७ पुगेको छ । भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार ७ सय ५१ पुगेको छ ।
यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ६० लाख ८३ हजार ५ सय ७३ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको ४ लाख ४९ हजार १ सय ८५ रहेको छ ।
यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो, तर्की पाँचौँ, रुस छैठौँ, बेलायत सातौँ, इटाली आठौँ, जर्मनी नवौँ र स्पेन दशौँ स्थानमा रहेको छ ।
वर्ल्डोमिटरको तथ्याक अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ४१ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ भने ६ हजार ५ सय ३१ जनाको ज्यान गइसकेको छ ।





