गृहपृष्ठ हेर्नुहोस नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस नेपालमा आज मंगलबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का ८ हजार ६३६ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १८३ जना र १० देखि १९ वर्षका ६७६ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २० देखि २९ सम्मका १ हजार ८६६ जना रहेका छन् । ३० देखि ३९ वर्षका नागरिक १ हजार ८४८ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ४७७, ५० देखि ५९ वर्षका १ हजार १४२ जना, ६० देखि ६९ का ६७६ जना छन् ।
त्यस्तै, ७० देखि ७९ का ३४९ जना, ८० देखि ८९ का १२५ जना, ९० देखि १०० वर्ष उमेरका २६ जना र उमेर नखुलेका १९ जना छन् । अहिले देशभर १ हजार ६७२ जना आईसीयूमा र ४४७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि
कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ७५ लाखभन्दा बढी छ भने ३४ लाख ७९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ३ करोड ३८ लाख ९६ हजार ६ सय ६० जना संक्रमित भएकोमा ६ लाख ४ हजार ८७ जनाको ज्यान गएको छ ।
कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ५२ हजार ४ सय ४७ पुगेको छ । भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार ७ सय ५१ पुगेको छ ।
यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ६० लाख ८३ हजार ५ सय ७३ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको ४ लाख ४९ हजार १ सय ८५ रहेको छ ।
यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो, तर्की पाँचौँ, रुस छैठौँ, बेलायत सातौँ, इटाली आठौँ, जर्मनी नवौँ र स्पेन दशौँ स्थानमा रहेको छ ।
वर्ल्डोमिटरको तथ्याक अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ४१ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ भने ६ हजार ५ सय ३१ जनाको ज्यान गइसकेको छ ।





