२०८३ मंसिर ४ गते बिहीवार | November 19, 2026

गृहपृष्ठ अब लकडाउन झन कडा ! अटेर गरे नमाने यस्तोसम्म सजाए हुनसक्ने

अब लकडाउन झन कडा ! अटेर गरे नमाने यस्तोसम्म सजाए हुनसक्ने

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यो पनि

कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ७५ लाखभन्दा बढी छ भने ३४ लाख ७९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ३ करोड ३८ लाख ९६ हजार ६ सय ६० जना संक्रमित भएकोमा ६ लाख ४ हजार ८७ जनाको ज्यान गएको छ ।

कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ५२ हजार ४ सय ४७ पुगेको छ । भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार ७ सय ५१ पुगेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ६० लाख ८३ हजार ५ सय ७३ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको ४ लाख ४९ हजार १ सय ८५ रहेको छ ।

यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो, तर्की पाँचौँ, रुस छैठौँ, बेलायत सातौँ, इटाली आठौँ, जर्मनी नवौँ र स्पेन दशौँ स्थानमा रहेको छ ।

वर्ल्डोमिटरको तथ्या‌क अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ४१ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ भने ६ हजार ५ सय ३१ जनाको ज्यान गइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार