गृहपृष्ठ आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?
आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का ६ हजार ७१४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १८६ जना र ११ देखि २० वर्षका ६१५ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका १ हजार ६०३ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक १ हजार ४९५ जना छन् । ४१ देखि ५० वर्षका १ हजार ८१, ५१ देखि ६० वर्षका ८८५ जना, ६१ देखि ७० का ४५४ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका २४८ जना, ८० देखि माथिका ८२ जना र उमेर नखुलेका २८ जना रहेका छन् । अहिले देशभर १ हजार ६७१ जना आईसीयूमा र ४३४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि
बनमन्त्री आलेको पोल खुल्यो,अक्सिजन सिलिन्डर किनेको बिल नै नक्कली !

‘छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।’ यो भनाइ अरु कसैको नभइ चिनियाँ अनुदानको अक्सिजन सिलिन्डरलाई स्टिकर टाँसेर बितरण गरेको आरोप लागेका वन तथा वातावरण मन्त्री प्रेम आलेको हो।तर, मन्त्री प्रेम आले झुटो बोल्न खोज्दा नराम्रोसँग चिप्लिएका छन् । आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरेको चिनियाँ अनुदानकै अक्सिजन सिलिन्डरमा स्टिकर टाँसेको सार्वजनिक भएपछि हतारमा गल्ती ढाकछोप गर्न खोज्दा नराम्रोसँग फसेका हुन।
किनकी,महामारीमा अक्सिजन सिलिन्डर किन्दा भ्याट नै नलाग्ने सरकारी व्यवस्था छ । मन्त्रीपरिषदको बैशाख १३ गतेको बैठकले महामारीबाट संक्रमित बिरामीहरुको उपचार व्यबस्थापनका लागि आबश्यक अक्सिजन सिलिन्डरलगायतका सामाग्रीहरुको पैठारीमा लाग्ने भन्सार महसुल, भ्याट, तथा अन्तशुल्क समेत छुट हुने निर्णय गरेको थियो।
आलेले त भ्याट नै तिरेको बिलल सार्वजनिक गरेका छन्। जुन सफेद झूट र नक्कली रहेको प्रस्ट देखिन्छ। हतारमा नक्कली बिल बनाउँदा मन्त्री आले नराम्रोसँग चुकेका छन्। यता आलेको नक्कली काममा सेती प्रादेशिक अस्पताल पनि मुछिएको छ।





