२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ आज बुधबार कुन जिल्लामा कति संक्रमित थपिए ?

आज बुधबार कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय २५ पुगेको छ । गत २४ घण्टामा मात्र ६ हजार ७ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ को इलाममा २, उदयपुरमा ४, ओखलढुंगामा ४, खोटाङमा २०, झापामा २४९, ताप्लेजुङमा ३, तेह्रथुममा २, धनकुटामा ४७, पाँचथरमा १, भोजपुरमा ७, मोरङमा २३१, संखुवासभामा ४०, सुनसरीमा २५५ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धनुषामा १०४, पर्सा २४, बारामा ३१, महोत्तरीमा ६९, रौतहटमा ३८, सप्तरीमा ६६, सर्लाहीमा ११६ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा १५७, चितवनमा ९९, दोलखामा ६९, धादिङमा ११९, नुवाकोटमा २२, भक्तपुरमा ११३, मकवानपुरमा १०१, रसुवामा २१, रामेछापमा २७, ललितपुरमा २४१, सिन्धुपाल्चोकमा ३४२ र सिन्धुलीमा १२९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५००, गोरखामा २६६, तनहुँमा १४५, नवलपरासी पूर्वमा २, पर्वतमा ३७, मनाङमा ७६, म्याग्दीमा १, लमजुङमा १०७, बागलुङमा ७ र स्याङजामा १८ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १७, कपिलवस्तुमा १९, गुल्मीमा ९४, दाङमा ५६, नवलपरासीमा ५३, पाल्पामा ६९, प्युठानमा ६, बर्दियामा १५५, बाँकेमा १९९, रुकुम पूर्वमा १, रुपन्देहीमा ३४९ र रोल्पामा ५६ जनामा कोरोना पाइएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १६, दैलेखमा ४७, रुकुम पश्चिमा ५१, सल्यानमा १ र सुर्खेतमा १२२ जनामा कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ६८, कञ्चनपुरमा ४५, कैलालीमा ३१, डडेल्धुरामा १६, डोटीमा २९, दार्चुलामा २२, बाजुरामा १ र बैतडीमा ८६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार