गृहपृष्ठ कुशलले फेरि टी–२० वरियतामा पछि पारे यी १३ चर्चित खेलाडी
कुशलले फेरि टी–२० वरियतामा पछि पारे यी १३ चर्चित खेलाडी
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलाडीहरूको नयाँ टी–२० वरियता सार्वजनिक गरेको छ।

आईसीसीले अपडेट गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका चार खेलाडी परेका छन्। सार्वजनिक नयाँ वरियता अनुसार नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेलको वरियता यथावत रहेको छ।

ब्याटिङ वरीयतामा कुशल ६१औं स्थानमा कायमै रहेका छन्। घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल पहिलो पटक वरियतामा परेका थिए।
उनले पाँच टी–२० म्याचमा २ सय ७८ रन बनाएका छन्। उनको उच्च टी–२० स्कोर ७७ रन हो। यसअघि उनले ३२ स्थान सुधार गर्दै ६१औँ स्थानमा उक्लिएका थिए। हाल पनि उनी सोही स्थानमा रहन सफल भएका छन्। उनको रेटिङ ४ सय ४२ रहेको छ।

उनी यसअघि ९३औं स्थानमा रहेका थिए। टी–२० सिरिजका पाँच खेलमा कुशलले ४ अर्धशतक बनाएका थिए। कुशलको यो डेब्यू सिरिज थियो।
डेब्यू सिरिजमै लगातार तीन टी–२० अन्तराष्ट्रियमा खेलमा अर्धशतक बनाउने कुशल विश्वकै पहिलो ब्याट्सम्यानसमेत हुन्। कुशलले टी–२० वरियतामा धेरै नाम चलेका खेलाडीलाई पछि पारेका छन्।

उनीभन्दा पछि स्टिभ स्मिथ, ऋषभ पन्त, शाकिवअल हसन, मुस्फीकुर रहमान, थिसरा परेरा, रस टेलर, कुशल मेन्डिस, जो रूट, मनीष पाण्डे, म्याथ्यू वेड, शोएब मलिक, मार्कस स्टोइनिस, लेन्डल सिमन्सलगायत छन्।
नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ८८ औं स्थानमा यथावत् छन्। यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ९४औं स्थानमा कायमै छन्।

बलिङ वरियतामा नेपाली लेगस्पिनर सन्दीप लामिछाने ७७औं स्थानमा यथावत छन्। नेपाल टी–२० वरियताको १३औं स्थानमा कायमै रहेको छ।
आईसीसीले अपडेट गरेको नयाँ वरियता :






