२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ प्रतिगामी विरुद्ध राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

प्रतिगामी विरुद्ध राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुवीच सुदृढ राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् ।

१४ औं गणतन्त्र दिवसको उपललक्ष्यमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा जोड दिएका हुन् ।

प्रचण्डले नेपाली जनताको ठूलो त्याग र वलिदानीबाट गणतन्त्र स्थापना भएको समेत उल्लेख गरेका छन् । उनले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको समेत उल्लेख गरेका छन् ।

यो पनि

निर्वाचन हुँदैन भन्ने भ्रमपूर्ण प्रचार गरिएको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताए । निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने भन्दै उनले कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन घोषणा भएको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’

यो पनि

१ करोड डोज खोप किन्ने प्रकृयामा छौं, १५ दिनमै ब्रेक थ्रु हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको भन्दै केही दिनमै यो प्रकृयामा ब्रेक थ्रु हुने दावी गरेका छन् ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री ज्ञवालीले केही देशले सहयोग घोषणा गर्ने र केही देशसँग खरिद प्रकृया सुरू हुन लागेकाले १५ दिनमा ‘ब्रेक थ्रू’ हुने दावी गरे ।
‘खोप खरीदका लागि मुख्य गरी चीन र अमेरिकामा केन्द्रित भएका छौं। चीनसँग ५० लाख र अमेरिकासँग ५० लाख गरी एक करोड डोज खरीदको योजना छ’ ज्ञवालीले भने ।

खोपका लागि नेपाल अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागि मन्त्री ज्ञवालीले प्रष्ट्याए । त्यसका लागि अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ । अमेरिका, बेलायत लगायतका देश खोप दिन सकारात्मक रहेको भन्दै उनले भने, ‘सन् २०२१ को अन्तिमसम्म लक्षित समूहलाई खोप दिने लक्ष्यअनुसार विभिन्न देशमा पहल गरिरहेका छौं ।’

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोप जुन २ तारिखमा काठमाडौं आइपुग्नेछ । चीन र नेपालका राष्ट्रपतिबीच सम्वाद भए लगतै चीनले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो, जसको दोस्रो डोज छुटेकाहरुले अहिले लगाइरहेका छन् ।

कोभिसिल्डको विकल्प खोजी

भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएपछि नेपालमा १४ माघबाट खोप अभियान सुरु भएको थियो । नेपालले सेरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खरिदको सम्झौता पनि गर्‍यो, तर १० लाख मात्र दिएको उसले बाँकी १० लाख तत्काल दिन नसक्ने बताएको छ ।

खोप नआएका कारण कोभिसिल्डको पहिलो डोज लगाएका १३(१५ लाख नागरिक दोस्रो डोज खोप लगाउन पाएका छैनन् । उनीहरुको लागि एस्ट्राजेनेकाको खोप ल्याउन पहल भइरहेको मन्त्री ज्ञवालीले बताए । एस्ट्राजेनेकाको खोप भारतबाहेक बेलायत, नेदरल्याण्ड, दक्षिण कोरिया जस्ता देशमा उत्पादन भएकाले त्यताबाट ल्याउन पहल भइरहेको उनको भनाइ छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको निर्देशक डा. तारानाथ पोखरेलका अनुसार उत्पादन गर्ने देश फरक भएपनि फर्मुला एउटै भएकाले एस्ट्रेजेनिकाको खोप लगाउन मिल्ने विश्व स्वास्थ्य संगठनको सिफारिस छ । ‘फरक र्फमुला र फरक कम्पनीको खोप मिसाउन मिल्दैन, तर एस्ट्रेजेनिकाकै खोप भएकाले फरक देशमा उत्पादन भएपनि पनि लगाउन मिल्छ’ डा. पोखरेलले भने ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार