गृहपृष्ठ नेपालमा आज यति जनामा कोरोना पुष्टि, यति धेरैले गुमाए ज्यान
नेपालमा आज यति जनामा कोरोना पुष्टि, यति धेरैले गुमाए ज्यान
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४८७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या ५ लाख ५३ हजार ४ सय २२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६ जनाको पिसिआर ७४६ जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएको थियो ।
आज देशभर ६ हजार ८० जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४ लाख ३४ हजार ७५० जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ११६ जना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ७ हजार १६३ पुगेको छ । देशभर ८९१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





