२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ कोरोना संक्रमणको हटस्पोट बनेको रुपन्देहीमा संक्रमित भन्दा निको हुने ३ गुणा बढी

कोरोना संक्रमणको हटस्पोट बनेको रुपन्देहीमा संक्रमित भन्दा निको हुने ३ गुणा बढी

रुपन्देहीमा पछिल्लो २४ घण्टामा अवधिमा ३७५ जनाको कोरोना परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको भने ३७० जना कोरोनाबाट मुक्त भएका छन् । जिल्लामा हिजो २०९ जनामा संक्रमित थपिएका थिए भने ३७३ संक्रमणबाट मुक्त भएका थिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ३५ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा १५र१५, सैनामैना नगरपालिकामा १३ जना,ओमसतिया गाउँपालिकामा ५ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार २६८ पुगेको छ । जसमध्ये २२ हजार ७६२ जना निको भएका छन । हाल जिल्लामा ३ हजार ९० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४१६ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार