२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पंक्षीमा पनि रानीखेत लगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखियो, अनुसन्धान सुरु

पंक्षीमा पनि रानीखेत लगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखियो, अनुसन्धान सुरु

पंक्षीमा रानीखेत, बर्डफ्लुलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिन थालेको छ । बर्ड फ्लु, रानीखेतलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिएकाले नियन्त्रणमा समस्या भइरहेको विज्ञहरुले बताएका छन् ।

पछिल्लो समय रानीखेतका नयाँ भेरियन्टहरु देखिएकाले भ्याक्सिन लगाउँदासमेत सङ्क्रमण नियन्त्रण गर्न समस्या भइरहेको पशुसेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले नयाँ भेरियन्टबारे थप अनुसन्धान गर्न विभागका उपमहानिर्देशक डाक्टर रामनन्दन तिवारीको नेतृत्वमा समिति बनाएर काम भइरहेको छ । समितिमा व्यवसायी, विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरू रहेका छन् ।

निजी क्षेत्रले नयाँ भेरियन्ट पुष्टि गरिसकेको तर नार्कले यसबारे थप अनुसन्धान गरिरहेकाले नार्कको अध्ययनपछि मात्रै आफूहरुले नयाँ भेरियन्टबारे भन्न सकिने विभागका प्रवक्ता ढकालले बताउनुभयो । भारतलगायत दक्षिण एसियाली देशहरुमा नयाँ भेरियन्टहरु पुष्टि भएको र नेपालको अवस्थाबारे नार्कले गर्ने अनुसन्धानपछि भन्न सकिने उहाँको भनाइ छ । अहिले सबैभन्दा धेरै रानीखेतको सङ्क्रमणको समस्या रहेको छ ।

काठमाण्डौलगायत अरु जिल्लाहरुमा पनि रानीखेतका नयाँ भेरियन्टहरु देखा परेकाले यसबारे अनुसन्धान गर्न टोली खटाइएको विभागले जनाएको छ । केही दिनअघि मात्रै काठमाण्डौको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो ।

यो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार