२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?

आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड(१९ का ४ हजार ७६२ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १२२ जना र ११ देखि २० वर्षका ३८५ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका ९८५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक १ हजार जना रहेका छन् । ४१ देखि ५० वर्षका ६७९, ५१ देखि ६० वर्षका ५३२ जना, ६१ देखि ७० का २९८ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका १७१ जना, ८० देखि माथिका ७६ जना र उमेर नखुलेका ३ जना रहेका छन् । अहिले देशभर २ हजार ५८४ जना आईसीयूमा र ४२४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि

लगानीकर्ताका लागि निकै खुशीको खबर आईएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्दै

आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ ३१ गते सोमबार, कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स जुन मार्फत बिहान १० बजे सुरु हुनेछ ।

सभाले धितिपत्र दर्ता गरी प्रारम्भिक सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूची तथा NFRS प्रणाली लागु गरि तयार पारिएको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, सभाले संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहि अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार