गृहपृष्ठ निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भु पुगेर एक जोडी ‘डेटिङमा लिप्त’
निषेधाज्ञाको समयमा सरकारी गाडीमै स्वयम्भु पुगेर एक जोडी ‘डेटिङमा लिप्त’
कोरोना भइरस संक्रमणको महामारी बढेसँगै राजधानीलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ ।
यही निषेधाज्ञाको समयमा गत आइतबार काठमाडौंको स्वयम्भु डाँडामा अचम्मको दृश्य देखियो । सरकारी गाडी लिएर एक जोडी ‘डेटिङमा लिप्त’ भेटिएका हुन् ।
आइतबार बिहान करिब ११ बजेको समयमा प्रदेश नं. ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी स्वयम्भु पुगे । सरकारी नम्बर प्लेट भएकाले उनीहरुलाई नत प्रहरीले वास्ता गर्यो, नत अरु कसैले ।

उनीहरु स्वयम्भुमा पुगेर ‘असाधरण’ गतिविधि देखाउन थाले । सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए ।
स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मोजमस्तीमा लिप्त देखेपछि उनले तस्बिर तथा भिडियो कैद गरेका थिए ।
जोडीको उक्त हर्कतपछि पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।

बिहान ११ बजे स्वयम्भु पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्न थालेपछी १२:४५ बजे त्यहाँबाट निस्किएका थिए ।
यस विषयमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले घटनाबारे सत्यतथ्य बुझेर जो कोही भएपनि कारबाही हुने बताएका छन्।

@khabarhub.com






